एसियाली खेलकुद : पुरुष म्याराथनमा नेपाली धावकले रेस पूरा गर्नै सकेनन्

 भदौ ९, २०७५ शनिवार १०:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत शनिबार बिहान सम्पन्न पुरुष म्याराथनमा नेपालका दुवै धावकले दूरी पूरा गर्न सकेनन् । 

शनिबार बिहान भएको पुरुष म्याराथनमा नेपालबाट कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले सहभागिता जनाएका थिए ।

तर, उनीहरु दुवैले बीचैमा दौड छाडे । नेपालमा तयारी गरेका उनीहरुले इण्डोनेसिया इण्डोनेसियाको वातावरणमा थकित भएकाले बीचैमा रेस छाडेको प्रतिक्रिया दिएका छन् ।

यस स्पर्धामा जापानी खेलाडी इनोइ हारितोले स्वर्ण जिते । उनले निर्धारित दूरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरे ।

२१ धावकको सहभागिता रहेको पुरुष म्याराथनमा दुई नेपालीसहित ६ धावकले रेस पूरा गर्न सकेनन् ।
 

अन्तिम अपडेट: भदौ १३, २०७५

3 Comments

  • सागर पौडेल

    Aug. 25, 2018, 8:08 p.m.

    पुरै नेपाल बाट खोज्नु पर्याे नि धावक, पहुँच मा हुने लाइ मात्र धावक बनाएर हुदैन। दुर्गम क्षेत्रमा, हिमाल पहाड र तराई सबै तिर खेलकुद को अवसर पुर्‍याउन पर्याे। अनि प्रगतिको आस गर्नु पर्छ...

  • दामोदर परजुली

    Aug. 25, 2018, 12:18 p.m.

    हार्नु स्वाभाविक हो , बिचमै छोड्नु बेइज्जत हो सरकारले थोरै भएनी किन लगानी गर्छ यस्तालाई ।।।

  • Bishnu subba

    Aug. 25, 2018, 11 a.m.

    हुनत, कुनै पनि sport man ले यस्तो प्रतिक्रिया दिनु उचित हुदैन ( नाच्नु जान्दैन आगन टेडो ) भने जस्तै हो । तर पनि sport man ( team ) त्यहाको भुगोल र वाताबरण मा तालिम नगर्नु / नगराउनु को नतिजा हो । त्यस्तो भुगोल र वाताबरण मा अनिवार्य तालिम हुनै पर्छ ।

तपाईको प्रतिक्रिया