कञ्चनपुर हत्या प्रकरण : चार बुँदे सहमति गर्दै सर्वदलीय बैठक सकियो

 भदौ ९, २०७५ शनिबार १६:३६:३५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय सर्वपक्षीय छलफलले चार वटा बुँदामा सहमति गरेको छ ।

शनिबार बसेको सर्वपक्षीय बैठकले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्ने, आन्दोलनका क्रममा ज्यान गएका सन्नी खुनालाई शहीद घोषणा गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको छ ।

यस्तै, घाइतेको उपाचार सरकारले ब्यर्होने, शारीरिक अशक्त भएका घाइतेको जीविकोपार्जनका लागि पहल गर्ने तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट सार्वजनिक सम्पत्तिमा भएको क्षति, भीड नियन्त्रणका क्रममा भएको बल प्रयोगको स्थितिका विषयमा निष्पक्ष छानबिन गरी दोषी उपर कारबाहीका लागि सरकारसँग आग्रह गर्ने र विरोधका कार्यक्रमलाई शनिबारबाट बन्द गर्ने सहमति भएको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले निर्मला हत्या प्रकरणमा निष्पक्ष र इमान्दारिपूर्वक छानबिन हुने बताउनुभएको छ । उच्चस्तरिय छानबिन समितिले सबै पक्षसँग बसेर छलफल गरेको चाडै नै छानबिन तथा अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताउनुभएको छ ।

शुक्रबारदेखि लगाइएको कर्फ्यूको विषयमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुरक्षा समितिको बैठक बसेर त्यसबारे छलफल गरिने बताउनुभयो । कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले अनुन्धानको लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई नियन्त्रणमा लिएको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Gaurav shrestha

    Aug. 25, 2018, 5:20 p.m.

    Its so sad to see that people need to come on the roads and kids have to die in process of asking for justice. Its more heartbreaking on the part of victims who loose their life. What about those victims for whom there are no public demonstrations. Rape ko punishment should be chemical CASTRATION.

  •  0 Reply

तपाईको प्रतिक्रिया