रौतहटको लालबकैया नदीमा ४० काे हाराहारीमा यात्रु बाेकेकाे डुंगा डुब्याे

 भदौ ९, २०७५ शनिवार २०:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ काे लालबकैया नदीमा डुंगा डुबेको छ ।

४० जनाजति चढेको डुंगा डुबेको प्रहरीले पुष्टि गरे पनि घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ । डुंगामा रहेकामध्ये ५ जना पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल घटनास्थलमा पुगेका छन् ।

घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल नेपाल भारत सीमा नजिकै पर्छ ।  

अन्तिम अपडेट: भदौ १८, २०७५

1 Comments

  • manish dulal

    Aug. 25, 2018, 8:47 p.m.

    घट्ना सुन्दा दुखलाग्यो अाफ्नै ठाऊमा यस्तो घट्ना हुदा कस्लाई दुख नलाग्ला घाइतेलाइ सिघ्र स्वास्थ्य लाभकोकामना।

तपाईको प्रतिक्रिया