रौतहट डुंगा दुर्घटना अपडेट: १५ जनाकाे उद्धार, बाँकी बेपत्ता, उद्धार कार्य जारी

 भदौ ९, २०७५ शनिबार २०:५५:५३ | मदन ठाकुर
unn.prixa.net

रौतहट - रौतहटको लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेका मध्ये १५ जना सम्पर्कमा अाएका छन् ।

घटनास्थलमा खटिएका प्रहरी एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेकाे खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएकाे हाे । 

डु‌ंगा चालक सम्पर्कमा अाएकाे र चालकले यकीन यात्रु संख्या बताउन नसकेकाे तर अन्दाजी ३० देखि ३५ जनासम्म हुनसक्ने बताएकाे एसपी ढकालले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘डु‌ंगा चालकले डु‌ंगामा ३० देखि ३५ जना रहेकाे बताएकाे छ र हामीले यतिखेरसम्म १५ जनाकाे उद्धार गरिसकेका छाैं’, एसपी ढकालले थप्नुभयाे, ‘मैले भारतकाे सितामढीकाे प्रहरीस‌ंग समन्वय गरिसकेकाे छु, उहाँले पनि पारीपट्टी सुरक्षाकर्मीकाे टाेलीलार्इृ उद्धारका लागि परिचालन गरिसक्नुभएकाे छ । सीमाक्षेत्रमा घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीकाे समन्वयमा उद्धारकार्य जारी छ ।’

 

अन्तिम अपडेट: फागुन २९, २०८०

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया