डुंगा डुब्दा हराइरहेका ६ जना अझै भेटिएनन्

 भदौ १०, २०७५ आइतवार ९:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – लालबकैया नदीमा शनिबार बेलुकी डुंगा डुब्दा हराइरहेका ६ जना अझै भेटिएका छैनन् । हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका तर ६ जना अझै नभेटिएको प्रहरीले जनाएको छ ।

 गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभुवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एकजना हराइरहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

स्थानीयबासिन्दा तथा नेपाल र भारतका सुरक्षाकर्मीले खोजी गरिरहेका छन् । ३ वर्षदेखि बन्न शुरु भएको पुलको निर्माण नसकिंदा स्थानीयबासिन्दा डुंगामा चढेर आवतजावत गर्न बाध्य छन् । खेतमा काम गरेर घर फर्कने क्रममा स्थानीयवासी चढेको डुंगा दुर्घटना भएको हो । 

अन्तिम अपडेट: भदौ १०, २०७५

तपाईको प्रतिक्रिया