नेपाल पहिलो पटक आईसीसीकाे एकदिवसीय वरीयतामा

 जेठ १८, २०७५ शुक्रबार १६:९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्सबीचकाे खेल तालिका

 काठमाडौं, जेठ १८ – एकदिवसीय मान्यता पाएपछि नेपाल पहिलो पटक आईसीसीको वरीयतामा प्रवेश गरेको छ ।

अहिलेसम्म एउटा पनि आधिकारिक एकदिवसीय क्रिकेट नखेलेको नेपालको शून्य अंक छ । नेपालसँगै नेदरल्याण्ड्स, युएई र स्कटल्याण्ड पनि आईसीसी एकदिवसीय वरीयतामा परेका छन् ।
 
यसै वर्षको जुन १ देखि आईसीसीले शीर्ष १२ टोलीसँगै अन्य चार टोलीलाई पनि वरियतामा समावेश गरेको हो ।
 
एशोसियटतर्फ एकदिवसीय वरीयतामा स्कटल्याण्ड २८ अंकसहित पहिलो र समग्रमा १३औँ स्थानमा छ । त्यसपछि युएईको १८ अंक छ भने नेदरल्याण्ड्सको १३ अंक छ र नेपालको अंक शून्य छ ।
 
नेपालले आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय मान्यता पाएका टोलीसँगको खेलपछि कुनै पनि टोलीले अंक बटुल्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया