बुधबारदेखि शुक्रबारसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने

 भदौ १०, २०७५ आइतवार १२:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो बुधबार, बिहीबार र शुक्रबार काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।

बिहीबार र शुक्रबार हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने बिहिबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् । 

यसअघि अन्तिको दुई वटा नम्बरको आधारमा गाडी चल्न दिइने भनिएपछि अहिले अन्तिम नम्बर मात्रै हेर्ने निर्णय भएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: भदौ १७, २०७५

1 Comments

  • Kishore

    Aug. 26, 2018, 1:19 p.m.

    अब त कार पनि जोड र बिजोड दुइटा राख्नुपर्ने भयो /कमसेकम दिमागले त काम गर्नु पर्ने हो /

तपाईको प्रतिक्रिया