चालीस दिनमै प्रमुख जिल्ला अधिकारीको सरुवा

 जेठ १८, २०७५ शुक्रबार १७:४८:९ | दयाराम आचार्य

नवलपरासी - नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरका प्रमुख  जिल्ला अधिकारी महेश आचार्य कार्यालयमा हाजिर भएको ४० दिनमै सरुवा हुनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा वैशाख ८ गते आउनुभएका आचार्य ४० दिनमै  अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा सरुवा हुनुभएको छ ।

नयाँ जिल्लाको रुपमा विकास हुने क्रममा रहेको नवलपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएका आचार्यको सरुवाले जिल्लाका गर्नुपर्ने धेरै कार्यमा प्रभाव पर्ने कतिपयले बताएका छन् । यसअघि निर्वाचनको समयमा कायम मुकायम प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनी नवलपुरमा आउनुुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी महेश आचार्य यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नु भएकाले कामको विशेषज्ञताले पुनः उहाँलाई अख्तियारमा तानिएको जनाइएको छ ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया