प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १०६ रनले विजयी

 जेठ १८, २०७५ शुक्रबार १७:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाडौं : एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रधानमन्त्री कप प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर १ लाई १०६ रनले हराएको छ ।


राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताको समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कप्तान बिनोद भण्डारीले उत्कृष्ट ब्याटिङमा सफलता हासिल गरेको हो ।
 
वर्षाका कारण ४५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले आठौं नम्बरमा ब्याटिङमा आएका कप्तान बिनोद भण्डारीको विष्फोटक पारीको सहयोगमा निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो ।
 
२२६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १, २९.३ ओभरमा ११९ रनमा अलआउट भयो । 
 
प्रदेश १ का कप्तान पुष्प थापाले ५९ र राजन मगरले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । प्रदेश नम्बर १ का चार ब्याट्सम्यान शून्यमै आउट भए ।
 
चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान थापा क्रिजमा टिकिरहँदा अर्कोतिरको विकेट लगातार झर्दै गयो । थापाले ७२ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे ।
 
प्रदेश १ को इनिङ धराशायी बनाउने क्रममा आर्मीका शुसान भारीले ४ विकेट लिए । ६.३ ओभरमा बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए । त्यस्तै सोमपाल कामी, सागर पुन र साहव आलमले पनि २–२ विकेट लिए ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया