सलमान खानलाई सार्वजनिक ठाउँमा पिट्नेलाई २ लाख पुरस्कारको घोषणा !

 जेठ १८, २०७५ शुक्रबार १९:५:१३ | उज्यालो सहकर्मी

बलिउड अभिनेता सलमान खानको विवाद र चर्चामा आउने कुरा नौलो होइन । पटक–पटक आफ्नै व्यवहारका कारण विवादमा आउने सलमान यसपटक भने भिनाजुका कारण विवादित बनेका छन् । 

सलमान खानलाई पिट्नका लागि विश्व हिन्दु परिषदका पूव अध्यक्ष प्रवीण तोगडियाका साथी गोविन्द पराशरले दुई लाख इनाम राखेका छन् । पराशरले सलमानमाथि मानिसहरुलाई भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् । यो सबै कुरा सलमानका ज्वाईँ आयुष शर्माले ल्याउन लागेको चलचित्र ‘लवरात्रि’ ले उत्पन्न गराएको हो । 

सलमानका चलचित्रको पोस्टर जलाइयो

सलमान खानकी बहिनी अर्पिताका श्रीमान आयुष शर्माको चलचित्र ‘लवरात्रि’ सार्वजनिक हुँदैछ । यो चलचित्र सलमान खान प्रोडक्सनको ब्यानरमा बन्दैछ । सबै विवाद फिल्मको नामलाई लिएर पैदा भएको हो । गोविन्द पराशरले चलचित्रको नाम ‘लवरात्रि’ राखेर हिन्दू भावनालाई ठेस पुर्‍याएको आरोप लगाएका छन् ।

बिहीबार पराशरले कार्यकताहरुसँगै उपस्थित भएर सलमानका फिल्मका पोस्टर जलाएका छन् । कार्यकताले सडकमा फिल्मको विरोधमा नाराबाजी पनि गरे । पराशरले फिल्मप्रति आपत्ति जनाउँदै भने, ‘यो फिल्म सलमानले बनाउँदैछन् । ‘नवरात्रि’ एउटा धार्मिक पर्व हो । यससँग लाखौँ हिन्दूहरुको भावना जोडिएको हुन्छ । हामी सलमानको निन्दा गर्दछौँ । हामी फिल्ममाथि प्रतिबन्धको माग गर्छौँ ।’ उनले आफू ‘हिन्दू ही आगे’ नामको संस्थाको सिटी युनिटको अध्यक्ष भएको बताउँदै सार्वजनिक ठाउँमा सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

नवरात्रिमा आधारित भनिएको यो चलचित्रमा सलमानले आफ्ना ज्वाईँलाई डेब्यू गराउँदैछन् । यसमा वरीना हुसैन मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन् । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया