पाथिभरा गोल्डकप : हिलाम्य मैदान, हिलाम्य खेलाडी

 भदौ ११, २०७५ सोमबार १८:४०:१६ | केशवप्रसाद भट्टराई

ताप्लेजुङ – मुसलधारे पानी परिरहेको थियो । बाँसका खाँबा तथा बाँसकै भाटाहरुले बनाएको प्याराफिटमा सयौँ दर्शकहरु छाता ओडेर फुटबल हेरिहेका थिए । खेलाडीहरु पानीको आहाल जस्तै बनेको खेल मैदानमा चुबुल्की मार्दै खेललाई चिसो पानीमा तताइरहेका थिए । 

व्यवस्थित खेल मैदान नहुँदा ताप्लेजुङका नागरिक खेल विधामा पछाडि पर्नु स्वभाविक हो । बर्सेनि खेलाइँदै आएको पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा उपस्थित जनसहभागिता देखेपछि ताप्लेजुङमा फुटबलप्रेमी धेरै भएको विज्ञहरु बताउँछन् । बर्सेनि हजारौ संख्यामा फुटबल हेर्न जिल्ला तथा विभिन्न बाहिरबाट फुटलबप्रेमी महानुभावहरु आउने गर्दछन् । तर, दुर्भाग्य खेल मैदान समेत विद्यालयको प्रयोग गरिएको छ । 

२०२६ सालदेखि निरन्तर चलिरहेको फुटबल प्रतियोगिताले व्यापकता पाएको छ । चार दिनदेखि जारी पाथीभरा गोल्डकपको आइतबारको खेलमा न्यूस्टार क्लब झापाले कर्णसिंह–सोनाम स्मृति क्लब ताप्लेजुङलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

निर्धारीत ९० मिनेटको समयमा कतैबाट गोल नभएपछि रेफ्रीले अतिरिक्त समय ३० मिनेट थपेका थिए । अतिरिक्त समयको एक मिनेट बाँकी रहँदा न्यू स्टार झापाका खेलाडी रोमन भूजेलले एक गोल गर्दै टिमलाई जित दिलाएका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Sagar ijam limbu

    Aug. 27, 2018, 6:52 p.m.

    आजको जस्तो हामी दर्शक बिजोकले म्याच हेरेको धेरै भयो । साह्रै दुख लाग्छ खेल मैदानको अवस्था देख्दा देश बिदेशका दर्शकहरू संयौ उपस्थित आज पनि त्यतिकै थियो तर खेल सुरु नहुदै पानिले सबै जना छाता ओढेर भए पनि हेरीयो ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया