नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसालको नाम सिफारिस

 भदौ १२, २०७५ मंगलबार ७:२०:५४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझिको नाम सिफारिस भएको छ । 

कार्यदलले बौद्धिक र  निष्ठावान नेताको रुपमा जिल्लामा स्थापित भुसालको नाम सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको छ । उहाँले नेकपाको नेतृत्व गर्ने भएपछि पार्टीको तल्लो तह सम्मका कार्यकर्ता निक्कै उत्साही भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका भुसालको आगमनले पार्टी बौद्धिक दिशामा अग्रसर हुने अधिकांशको बुझाइ छ ।

२०५४ सालदेखि निरन्तर जिल्ला कमिटीमा रहेर नेतृत्वदायी भुमिका खेलेका भुसालले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको रुपमा रहि लामो समयदेखि काम गर्दै आएका थिए ।

०५४ सालमा २५ वर्षको उमेरमा तत्कालीन बाँगी गाविसको निर्वाचित अध्यक्ष बनेका भुसालले त्यहाँको विकास र जनसेवामा योगदान पु¥याएका थिए ।

तत्कालीन एमाले पदाधिकारीको विरोध

नेकपाको नेतृत्वका लागि पिताम्बर भुसालको नाम सिफारिस भएपछि तत्कालीन नेकपा एमाले भित्र विवाद चुलिएको छ ।

जिल्ला कमिटी भित्र छलफल निर्णय गरिएको भन्दै तत्कालीन एमाले जिल्ला पदाधीकारीको बैठक बसि नेताहरुले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् । 

तत्कालीन नेकपा एमालेका कार्यवाहक अध्यक्ष जिवनारायण कोइरालाको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधी–विधान विपरित र स्थापित मान्यता विपरित मनोमानी ढंगले कार्यदलमा नाम सिफारिस गरिएको भन्दै आपत्ती जनाइएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया