श्रीमानको शव फेला, श्रीमती बेपत्ता

 भदौ १२, २०७५ मंगलबार १६:२७:५० | दीपक भट्ट

रामेछाप – गोठमा गाईबस्तुलाई घाँस हालेर घर फर्कँर्दा खोला तर्ने क्रममा बगेका  लिखु तामाकोशी गाउँपालिका वडा नम्बर –५, नागदहका लिलाबहादुर तामाङको शव फेला परेको छ । 

सोमबार साँझ गोठमा बाँधेका गाईबस्तुलाई थुनेर घर फर्कने क्रममा गैरीखोलाले लिलाबहादुर र उनकी श्रीमती वर्ष ४४ की रणमाया तामाङलाई बगाएको थियो । अविरल वर्षातका कारण दिनभर पानी परेका कारण गैरीखोलामा वाढी आएको थियो । बेलुका अबेरसम्म पनि दम्पती घर नफर्किएपछि परिवारका सदस्यहरुले उनीहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय धोवीमा जानकारी गराएका थिए । 

मगंलबार दिउँसो मात्र ३६ वर्षीय लिलाबहादुरको शव श्रीपञ्चमी भन्ने स्थानमा फेला परेको थियो भने श्रीमती भने अहिलेसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया