कञ्चनपुरमा फेरि कर्फ्यू

 भदौ १२, २०७५ मंगलबार १६:३९:२४ | दुर्गा उपाध्याय

कञ्चनपुर - पाँच दिनदेखि जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि हटाए पनि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । 

भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । 

कर्फ्यू हटेसँगै महेन्द्रनगर बजारमा चहलपहल बढ्दै गएको थियो । कर्फ्यूका कारण गएको शुक्रबारदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि खुलेका थिए । पसल खुलेका छन् भने गाडी पनि चल्न थालेका छन् । 

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यू आदेश जारी गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • दीपक पुरी

    Nov. 23, 2019, 8:40 p.m.

    निर्मला काण्डमा अन्गुर जिसि सहितका प्रहरी बिरुद्ध भएको अपमान पुर्ण कारबाहीको जिम्मेवार गृहमन्त्री र प्रहरी प्रमुखले मात्र होइन ओलीले ती प्रहरीसग भेट गरि माफि माग्न पर्छ । आफ्नै संगठनका सिपाहीलाई बिश्वास नगरि पाटीका झोले अभियन्ताको पछि कुद्दा निर्मलाले न्याय नपाएको स्पष्ट भयो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया