च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं : सरकारले विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्र रहेका सबै सम्पर्क कार्यालयहरु खारेज गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकामा संचालित विश्वविद्यालयहरुका सम्पर्क कार्यालयहरु असार महिना भित्र खारेज हुने गरी आवश्यक निर्देशन दिइएको बताउनुभएको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्रालयले पछिल्लो एक महिना गरेका कामको सार्वजनिक गर्दै उहाँले केही दिनमै ‘सार्वजनिक विद्यालय सुधार योजना’ सार्वजनिक गर्न लागिएको पनि जानकारी दिनुभयो ।
सार्वजनिक विद्यालय सुधारको माग चौतर्फी रुपमा भईरहेका बेला सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न सुधार योजना सार्वजनिक गर्न लागेको हो । मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधारका लागि ‘सार्वजनिक विद्यालय सुधार योजना’ बनाउनु परेको पनि स्पष्ट पार्नुभयो । मन्त्री पोखरेलले आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो ।
सरकारले संविधान अनुकूल हुनेगरी राष्ट्रिय पाठयक्रम प्रारुप पनि तयार पारेको छ । पाठयक्रममा विद्यालय तहमा पेशालाई व्यवसायिक विषयको रुपमा अनिवार्य व्यवस्था गरिएको छ । मन्त्री पोखरेलले कक्षा १ र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको अनिवार्य व्यवस्था हुने गरी पाठयक्रम तय गरिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले पछिल्लो एक महिनामा सरकारले विद्यालय भर्ना अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको, स्थानीय शिक्षाको नमूना कानुन तयार पारिएको पनि जानकारी दिनुभयो ।