अपहरणपछि हत्या गरिएकी नौ महिने बालिकाको आत्माको  चीरशान्तिका लागि दीप प्रज्ज्वलन

 भदौ १२, २०७५ मंगलबार २१:१५:३५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - अपहरणपछि हत्या गरिएकी ९ महिने बालिकाकी आत्माको चीरशान्तिको कामना गर्दै महोत्तरीको औरहीमा आज साँझ मैनबत्ती बालिएको छ ।

औरही नगरपालिका १ स्थित औरही चौकमा मंगलबार साँझ सवा ७ बजे स्थानीय नागरिकहरुले मैनबत्ती बालेका हुन् । 

औरही नगरपालिका १ बाट अपहरणमा परेकी सन्तोष चौधरीकीे ९ महिने छोरी सोनाली चौधरीको शव सोमबार २० घण्टापछि प्रहरीले फेला पारेको थियो ।

सन्तोषले सञ्चालन गर्दै आएको सिद्धान्त फैन्सी स्टोर्समा ग्राहकको रुपमा आएका एक व्यक्तिले बालिकालाई खेलाउने भन्दै अपहरण गरी हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

व्यापक रुपमा प्रहरी परिचालन गरी घटनामा संलग्न दोषीको खोजी कार्य भैरहेको महोत्तरीका एसपी ईश्वर कार्कीले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया