पूर्व विश्व नम्वर एक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

 भदौ १३, २०७५ बुधबार ६:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व विश्व नम्वर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

बुधबार बिहान भएको खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई हराउदै जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।  न्युयोर्कको गर्मिमा जोकोभिचले मार्टोन विरुद्ध संघर्षपुर्ण जित निकाले ।

उच्च गर्मीका कारण जोकोभिचलाई जित निकाल्न चार सेटसम्म जानुपर्यो । जसमा जोकोभिचले ६–३ ३–६ ६–४ ६–० ले आफ्नो पक्षमा पारे । दोस्रो चरणमा अमेरीकीक खेलाडी टेनेस सान्डग्रेनसँग खेल्नेछन ।

यता महिला तर्फ अष्ट्रेलियन ओपन च्याम्पियन कारोलिन वाज्नियाकीले पनि दोस्रो चरणमा स्थान बनाइन । अष्ट्रेलियाकी साम स्टोसुरलाई ६–३ र ६–२ को सेटमा पाखा लगाइन् । अब उनले लेसिया सुरेन्कोसँग खेल्नेछिन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया