त्रिशूलीमा ट्रक खस्यो, एकजनाको मृत्यु, एक बेपत्ता

 भदौ १३, २०७५ बुधबार ७:२७:६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । बा ४ ख ७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोलामा त्रिशूली नदी किनारमा खसेको थियो । 

दुर्घटनामा २२ वर्षीय केशर पुलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका ६ का २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।  प्रहरीका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएकोले उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।
  
नदीमा परेर हराइरहेका भुजेलको खोजी भैरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया