विश्वकप अघिकाे मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विजयी

 जेठ १९, २०७५ शनिबार ५:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १९ – फिफा विश्वकपको अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो ।

बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाले अग्रता दोब्बर बनायो ।

सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए ।

चेक गणतन्त्र यो विश्वकपमा सभागी छैन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया