ट्रम्पले भने – उत्तर कोरियासँगको वार्ता तोकिएकै समयमा हुन्छ

 जेठ १९, २०७५ शनिबार ७:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १९ – उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता जुन १२ मा हुने भएको छ ।

यसअघि अमेरिकाले उत्तर कोरियासँगको वार्ता रद्द गरेको जनाएको थियो । उत्तर कोरियाले कटुतापूर्ण सम्बन्ध देखाएको भन्दै अमेरिकाले वार्ता रद्द गरेको थियो । अमेरिका पुगेको उत्तर कोरियाको टोलीसँग अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले वार्ता तोकिएकै समयमा हुने बताएका हुन् ।

उत्तर कोरियाका बरिष्ठ अधिकारी किम योङ चोलसँगको भेटवार्तामा ट्रम्पले उत्तर कोरियासँगको वार्ता जुन १२ मा सिंगापुरमा हुने बताएका हुन । भेटमा ट्रम्पले दुई कोरियाबीचको युद्धको औपचारीक अन्त्यबारे पनि सिंहापुरमा कुरा हुने बताएका छन् ।

उनले दुई कोरियाबीचको युद्ध सकिए पनि शान्तिवार्ता अझै बाँकी रहेको बताएका हुन । ट्रम्पले उत्तर कोरियाको आणविक हतियारको अन्त्य एकै वार्ताबाट नहुने बताएका छन् । यसअघि उत्तर कोरियाले आफूले पूर्णरुपमा आणविक कार्यक्रमको अन्त्य गर्नुपर्ने अमेरिकाको भनाई एकपक्षिय भएको भन्दै असन्तुष्टि जनाएको थियो ।

ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विस्तारै हटाउँदै जानुपर्ने प्रतिक्रिया दिएका छन् । भेटमा ट्रम्पले अमेरिकाले उत्तर कोरियाको अर्थतन्त्र सुधार गर्न सहयोग गर्ने बताएका छन तर उनले उत्तर कोरियाले सबै आणविक कार्यक्रम रद्द गर्नुपर्ने शर्त राखेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया