जीवितै उद्धार गरिएकाे चितुवा उपचार अभावमा  मर्‍याे

 भदौ १३, २०७५ बुधबार १७:२०:३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –६, नरपानीबाट मंगलबार एक चितुवाको जीवितै उद्धार गरियो । जीवितै उद्धार गरिए पनि उपचारको अभावमा बुधबार दिउँसो मरेको छ ।

नरपानीमा बँदेल मार्न थापिएको पासोमा परेको  चितुवाको उद्धार गरिएको थियो । चितुवालाई सन्धिखर्कका प्रेम खड्काले प्रहरीको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय सन्धिखर्कमा लगेर बुझाएका थिए ।  

चितुवाको ३८ किलो तौल, ६ फिट लम्बाई रहेको चितुवालाई जिल्ला वन कार्यालय सन्धिखर्कमा राखिएकोमा उपचार नपाउँदा चितुवा मरेको हो । पासोमा परेको चितुवाको उपचारमा कसैले ध्यान दिन सकेनन । स्थानीयले कुटेर घाइते भएको चितुवा उपचार नपाउदा मरेको हो । 

अर्घाखाँचीमा चितुवाको आतंक रहेको छ । पछिल्लो समय केही शान्त रहे पनि एक वर्षअघि चितुवाले बालबालिकामाथि आक्रमण गर्ने र ज्यान लिने गरिरहेको थियो । 
जिल्लामा चितुवाको आक्रमणबाट केही वर्ष यता झण्डै एक दर्जन बालबालिकाको ज्यान गइसकेको छ । ६ जना घाइते उपचारपछि निको भएका छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया