राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
ओखलढुंगा – खानेपानीको पाइपमा विष हाल्ने सिद्धिचरण नगरपालिका–२ ठूलाछापका सिताराम सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
छरछरे सितलादेवी खानेपानी आयोजनाको पाइपमा विष हालेर उपभोक्ताको हत्या गर्न खोजेको अभियोगमा ३४ वर्षीय सार्कीलाई घरबाटै पक्राउ गरिएको हो ।
स्थानीय उपभोक्ताको उजुरीका आधारमा अनुसन्धान गर्दा खानेपानीको पाइपमा विष हालेको र पाइपबाट व्यक्तिका गोठमा राखिएको प्लाष्टिक ट्यांकीसम्म विष पुगेको पुष्टि भएपछि सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो ।
अनुसन्धानबाट विष हालेको पुष्टि भएको उहाँले जनाउनुभयो ।
आरोपित सार्कीले एकजना छिमेकीले पालेका ब्रोइलर कुखुरा मार्न विष हालेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
खानेपानीका उपभोक्ताहरुले भने विष हालेर समुदायका विभिन्न व्यक्तिको ज्यान लिन खोजेकाले ज्यान मार्ने उद्योग अन्र्तगत कारवाही हुनुपर्ने माग गरेका छन् ।
समुदायबाट आउने जाहेरी हेरेर मुद्दा अघि बढाइने प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिनुभयो ।