चर्ज ब्वाइज क्लब पाथीभरा गाेल्डकपकाे सेमीफाइनल प्रवेश

 भदौ १३, २०७५ बुधबार १९:१५:५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – नेपाली फुटबल जगतमा नै चर्चा कमाएको चर्च ब्वाइज युनाइटेड–काठमाडौं ताप्लेजुङमा जारीे पाथीभरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । 

बुधबार चर्च ब्वाईज युनाइटेड काठमाडौं र एम्ब्रियो युवा क्लब–मोरङबीच भएको खेलमा ३–२ गोल गर्दै चर्च ब्वाइज सेमीफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै पाथीभरा गोल्डकपको तेस्रो संस्करणको सेमीफाइनल पुग्ने चारवटै टोलीको पनि टुङ्गो लागेको छ । 

खेल सुरु भएको १० औं मिनेटमा नै एम्ब्रियो क्लब मोरङका जर्सी नंं. ७ का दिपक राईले १ गोल गर्र्दै खाता खोलेका थिए । बारम्बारको प्रयासपछि काठमाडौं चर्च ब्वाइजका जर्सि नं. १८ का यक्सल वलनले ४४ मिनेटमा सहजै गोल फर्काएर खेललाई बराबरी १–१ बनाएका थिए । 

उता, आक्रामक बनेको एम्ब्रियो क्लब मोरङले खेलको ५८ औं मिनेटमा जर्सि नं. १३ का सुबास राईले १ गोल गर्दै खेललाई अग्रता दिएका थिए । त्यसको बदलामा ९ मिनेट नबित्दै खेलको ६७ मिनेटमा चर्च ब्वाइजका जर्सि नं. ११ का जाङ्मु शेर्पाले १ गोल गर्दैै खेललाई बराबरीमा ल्याएका थिए । 

दुवै टिमबाट गोल गर्ने प्रयास गरेपनि सफल ८६ आंै मिनेटसम्म बराबरमा खेलेको दुवै टिमले खेलको ८७ आंै मिनेटमा चर्च ब्वाइजका १० नं. जर्सीका दिपेश श्रेष्ठले एक गोल गर्दै ३–२ को अग्रता दिएका थिए । त्यही गोल टिमका लागि निर्णायक बनेकोे थियो । 

बिहीबार फाइनलका लागि राष्ट्रिय जागृति क्लब सुनसरी र रेड स्टार क्लब झापाबीच खेल हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया