प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

 भदौ १३, २०७५ बिहिवार ५:२९:५९ | रासस

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिनुभएको हो । इण्डोनेसियामा जारी १८ औं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो ।

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । 

अन्तिम अपडेट: भदौ १५, २०७५

तपाईको प्रतिक्रिया