विराट कोहलीले पूरा गरे ६ हजार रन
भदौ १५, २०७५ शुक्रवार
एसीसी एसिया कप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलका रुपमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र यूएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा अहिले बिहान सवा सात बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा सिंगापुरमाथि फराकिलो अन्तरको जित निकालेको युएईभन्दा पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ ।
समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।
ओमानविरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय थियो । एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको पहिलो खेलमै सागरले शानदार प्रदर्शन गरेका हुन् । उनीबाहेक ज्ञानन्द्र मल्ल र आरिफ शेखले पनि उत्कृष्ट खेले ।
तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ ।
युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।
युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो ।
नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।