अाेखलढुंगामा हत्या गरेकाे अाराेप लागेर फरार रहेका व्यक्ति पक्राउ

 भदौ १४, २०७५ बिहिबार १६:५५:५६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगाः ओखलढुंगाको मोलुंग गाउँपालिका ३ हर्कपुरका २७ वर्षीय सन्तोष कार्कीको हत्या गरेर फरार संजित थापालाई बु्धबार प्रहरीले पक्राउ गरेको छ । 

दाङ घर भएका थापालाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ल्याएको हो । 

श्रीमतीसँग अबैध सम्बन्ध राखेको आरोपमा कार्कीको भदौ ५ गते धारिलो हरियार प्रहार गरी हत्या गरेर थापाले भदौ ९ गते फेसबुकमा स्टाटस राखेका थिए । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी अनन्तराम शर्माले म्याद थप गरी मुद्दा दर्ता गरेर अनुसन्धान थालिने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया