जब मुख्यमन्त्री र मन्त्रीहरु नै इँटा र बालुवा लिएर निस्के

 भदौ १५, २०७५ शुक्रबार १४:२१:९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुको टोली बिहानै वीरेन्द्रनगर नगरपालिका ५ को सरस्वती टोलमा पुग्यो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री दल रावल  प्रदेश सांसदहरु पनि सँगै देखिए । सँगै सुरक्षाकर्मीहरु, कर्मचारीहरुकोे पनि बाग्लो उपस्थित रहेको थियोे । 

श्रम दिवस मनाउन सरस्वती टोलमा पुगेका मन्त्रीहरुलेसँगै इँटा, बालुवा लिएर गएका थिए । मुख्यमन्त्री र मन्त्रीहरुले हातमा इट्टा लिएर बालविकास केन्द्रको भवन निर्माणको कार्य सुरु गरे ।

२०७१ सालमा आएको बाढीले प्रभावित गरेको सरस्वती टोलमा बाढीले बालबिकास केन्द्र बगाएपछि छोराछोरी पढाउन समस्यामा थिए । आफ्ना घरहरु जसोतसो बनाएका उनीहरुले बालबिकास केन्द्रको जग मात्र बसालेका थिए । यसमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्नुभएको छ । यसरी मन्त्रीहरुले काम गरेको हेरिरहेका स्थानीयहरु स्थानीयहरु दंग र मख्ख परेका थिए । 

आफ्ना घरहरु जसोतसो बनाएका उनीहरुले बालबिकास केन्द्रको जग मात्र बसालेका थिए । यसरी मन्त्रीहरुले काम गरेको हेरिरहेका स्थानीयहरु स्थानीयहरु दंग र मख्ख पनि परेका थिए । ‘खुशी लागेको छ । हामी गरिबको बस्तीलाई हेर्ने रहेछन् । बालविकास केन्द्र नुहुँदा हामीले छोराछोरी पढाउन टाढा जानुपर्ने बाध्यता रहेको थियो । अब बालविकास केन्द्र बन्छ भनेर ढुक्क छाैँ । आधा घण्टा लगाएर छोराछोरीलाई स्कुल पुर्‍याउन जाने बाध्यता हट्ने भयो’ स्थानीय टिका गुरुङले भन्नुुभयो, ‘अब घर नजिक हुने भयो । सजिलो हुने भयो ।’

खोलामा तटबन्ध

सिंगो कर्णाली प्रदेश सरकार आफ्नो बस्तीमा पुगेर त्यसरी काम गर्दा स्थानीय नागरिकहरुमा खुशी छाएको छ । मुख्यमन्त्री, मन्त्री, सुरक्षाकर्मी र कर्मचारीहरुले  खोलामा तटबन्धन लगाउनका लागि ढुङ्गा बोक्दा स्थानीयले पनि साथ दिए । प्रदेश सरकारले खोर्केखोलामा प्रदेश सरकारको तर्फबाट १० वटा तारजाली लगेको थियो । उमेर ७० वर्ष पुगिसक्नु भएका स्थानीय कौशिला थापा आफ्नो मुख्यमन्त्रीको टोली आएर काम गर्न थालेपछि उहाँको मनले हात बाँधेर बस्न मन मानेन । 

सकिनसकि साना भए पनि ढुङ्गा उठाउन थाल्नुभयो । ‘हामी यहाँ बसेबाट यसरी सरकार आएर काम गरेको देखेको थिइन । अचम्म पनि लाग्यो’ उहाँले भन्नुभयो, ‘सबैले ढ्ङगा उठाउँदा मैले पनि सक्ने ढुङ्गा उठाएको हुँ ।’ उहाँ मात्र होइन केटाकेटीदेखि बृद्धबृद्धासम्म सबैले मन्त्रीसँगै काम गरे । प्रदेश सरकारकी प्रवक्ता एवंम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पनि स्थानीयसँगै काम गर्न सूरु गर्नुभयो । ‘मन्त्रीहरु आएर हाम्रो ठाउँमा काम गरिदिँदा धेरै राम्रो लाग्यो’ ७० वर्षीय गंगाराम थापा भन्नुभयो,  ‘सरकारले आफैँ काम गर्दा विकास आएको जस्तै लाग्यो ।’

प्रदेश सरकारले महिनाको दुई दिनलाई श्रम दान गर्ने निर्णय गरेको छ । श्रमप्रति सम्मान जगाउन र सबैलाई श्रममा लगाउन कर्णाली प्रदेशको मन्त्रीपषिदकोे बैठकले नै निर्णय गरेको थियो ।  अहिले सरकारले १ गते र १५ गते श्रम दान गर्ने दिनका रुपमा मनाउने गरेको छ । यसरी प्रदेश सरकार घरआँगनमै आएर काम गरिदिँदा स्थानीयमा खुशी छाएको छ । अहिलेसम्म विकासको पर्खाइमा बसेका स्थानीयहरु अब विकास सुरुवात भएको उनीहरु बताउँछन् । ‘यसरी मुख्यमन्त्रीको टोली नै आएर काम गरेको देखेर हामी खुुशी छाैँ ’ स्थानीय शेरबहादुर शाहीले भन्नुभयो, ‘अब हाम्रो ठाउँमा सेवासुविधा आउला, अब विकास होला भन्ने आशा  पलाएको छ ।’ 

तटबन्ध नहुँदा खोलामा आएको बाढीले बस्ती जोखिममा छ । विभिन्न निकायमा धाउँदा–धाउँदा त्यहाँका नागरिकहरु हैरान भइसकेका थिए । खोलामा तटबन्धन लगाइदिनुप¥यो भन्दै वर्षौँ विताएका यहाँका स्थानीयहरु आज एक्कासी तारजालीसहित खोलामा तटबन्ध बनाएको देखेर बल्ल सरकार आएको अनुुभुति गरेको स्थानीयको भनाइ छ । 

विकासमा पछाडि परेकोे कर्णाली प्रदेश अब समृद्धिको बाटोतर्फ लागेको छ  । श्रम नगर्दा नै विकास नभएको मुख्यमन्त्री शाहीको भनाइ छ । ‘कर्णालीलाई समृद्ध बनाउन हामीले सबैले श्रम गर्न जरुरी छ । तर यहाँ श्रम नगर्ने र गर्न लाज मान्ने प्रवित्ति छ’ मुख्यमन्त्री शाही महेन्द्रबहादुर शाहीले भन्नुभयो, ‘ त्यसैले हामीले श्रम दिवसका रुपमा मनाउन सुरु गरेका हाैँ । विकास निर्माणमा जनतासँगै श्रम गर्ने हामीले निर्णय गरेका हौँ ।’ यसले श्रम गर्नुपर्छ भन्ने संस्कृति बस्ने र विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले ठेक्कापट्टाका बाहेक  उपभोक्तामार्फत हुने विकास निर्माण तथा सार्वजनिक महत्वका कामहरु कर्णालीका दश ओटै जिल्लामा गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया