जनप्रतिनिधिकै अगाडि निर्घात कुटिइन महिला

 जेठ १९, २०७५ शनिबार १२:१९:३५ | शैलेन्द्र महतो

धनुषा, जेठ १९ – धनुषाको मिथिला नगरपालिका–९, लालगढमा एक महिलामाथि छलफलकै क्रममा निर्घात कुटपिट गरिएको छ ।

स्थानीय जनप्रतिनिधि, महिला र समाजकका अगुवाहरुबीच भैरहेको छलफलमा स्थानीय मनोज लामाकी २८ वर्षीया श्रीमती मन्दिरा लामालाई लुगासमेत च्यातचुत पारेर निर्घात कुटपिट गरिएको हो ।

स्थानीय एक युवतीको बाहिरको केटासँग हिमचिम रहेको र त्यो हिमचिम गराउन मन्दिराकै मुख्य भूमिका रहेको आरोपमा उनलाई निर्घात कुटपिट गरिएको हो ।स्थानीय युवतीलाई अन्य ठाउँको केटासँग हिमचिम गराउन लागि परेको विषयका आरोप प्रत्यारोप भएपछि युवतीका आफन्त र स्थानीय छरछिमेकसमेतले सार्वजनिक रुपमै मन्दिरालाई निर्घात कुटपिट गरेका हुन् ।

कुटपीटबाट घाइते भएकी मन्दिराको ढल्केवरको एक क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार कुटपिटको क्रममा मन्दिराको लुगाकपडा पनि च्यातिएको छ ।

त्यस्तै स्थानीय युवतीसँग हिमचिम बढाएको आरोप लागेका सप्तरीको कञ्चनरुप नगरपालिका १२ का युवक भीमनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया