चर्च ब्वाइजलार्इ हराउँदै न्यू स्टार क्लब पाथीभरा गाेल्डकपकाे फाइनलमा

 भदौ १५, २०७५ शुक्रबार १९:२७:५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा न्यू स्टार झापा र चर्च व्वाइज यूनाइटेड लाई २–१ गोल गर्दै फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार न्यू स्टार झापा र चर्च व्वाईज यूनाइटेड काठमाण्डौ भएको खेलको ३८ औ मिनेटमा चर्च व्वाईज युनाईटेडका जर्सि नं. १० का बुद्धिमान राईले डिबक्स बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो । 

खेलको ४७ औं मिनेटमा चर्च ब्वाइजका क्याप्टेन रमेश दङ्गालले आत्मघाती बल गर्दै टिमलाई बराबर बनाएका थिए । 

४ मिनेटको इन्ज्युरी समयमा न्यू स्टार झापाका सनम राईले हानेको गोल निर्णायक बन्यो । 

न्यू स्टारका विशाल दर्जी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद रु. ५ हजार प्राप्त गरे । 

फाइनल खेल शनिबार हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया