पाँचथरमा धारिलो छुरा प्रहार गरी छाेरीले लिइन् बाबुको ज्यान

 भदौ १५, २०७५ शुक्रबार १९:४२:२४ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरिको धारिलो छुरा प्रहारबाट बाबुको ज्यान गएको छ ।

तुम्वेवा गाउँपालिका–३, पसलटारकाी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

दिव्यरानीले मंगलबार राति ११ बजेको समयमा मादक पदार्थ सेवन गरी बाबुलाई छुरा प्रहार गरेकी थिइन् । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको शुक्रबार मुत्यु भएको हो । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा शुक्रबार मुत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । 

बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया