कान्छी श्रीमती भित्र्याउने र कान्छी बन्न आउने दुवै पक्राउ

 भदौ १५, २०७५ शुक्रबार २०:३५:३० | उपेन्द्र येक्तेन

पाँचथर – श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्राउने युवक र कान्छी श्रीमती बन्न आउने युवती पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउपालिका–६ का २९ वर्षीय गणेश चेम्जोङ र २५ वर्षीया सुस्मिता लिम्बूलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । चेम्जोङले घरमा श्रीमती हुँदाहुँदै गएको भदौ १ गते ताप्लेजुङको त्रिवेणी गाउँपालिकाकी २५ वर्षीया सुस्मिता लिम्बूलाई कान्छी श्रीमतीको रुपमा भित्राएका थिए । 

आफू सवल र सक्षम हुँदाहुँदै श्रीमानले कान्छी श्रीमती भित्र्याएकोले कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न सुशीला चेम्जोङले प्रहरी दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई तेह्रथुमको सक्रान्ति बजारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • सुन्दर सिंह थिङ्ज(युबराज)

    Sept. 1, 2018, 1:38 p.m.

    उज्यालो अनलाईन खबरले सधै सत्य तथ्य समाचार पोस्ट गरिरहुन शुभकामना

  •  0 Reply
  • Anil chettri

    Aug. 31, 2018, 8:47 p.m.

    कसैले विवाह गर्छ र उसले दुइटी पाल्न सक्ने क्षमता छ भने के को आपत्ति ? यहाँका नारीले जे गर्दा नि हुने ...आजको युगमा नारी भन्दा पुरुष बढी पीडित छन् , जस्तै डिभोर्सको आंकडा हेर्दा नि थाहा हुन्छ नि / जहिले नि नारीले जे गर्दा नि हुने, पुरुषले चाहिं केही गर्न नहुने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया