एनसेलकोे ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जना ग्राहकलाई एक लाख नगद

 भदौ १७, २०७५ आइतबार १२:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो अफर यही आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

योजनामा सप्ताहभर १०० रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक १०० रुपैयाँ बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २५० रुपैयाँको रिचार्ज गरेका छन् भने यो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५०० रुपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनोट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबार साँझ ७ः०० बजे एपी वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

‘‘यो योजनाका साथ हामी हाम्रा ग्राहकहरुसँग नजिक आईरहेको चाडपर्वमा सहभागी हुन पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकलाई शुभकामना व्यक्त गर्दछौं र यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,”  एनसेलका प्रमुख कमर्सियल अधिकृत एण्डी चोङ्ले भन्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

2 Comments

  • Rajan Thapa

    Sept. 3, 2018, 10:30 a.m.

    नयाँ ग्राहकको लागि पनि हो र यो योजना ?

  •  0 Reply
  • Raju Subedi

    Sept. 2, 2018, 1:22 p.m.

    dear ncell company , भर छैन, रिचार्ज गर्नेबित्तिकै धुतिहाल्छन्/

  •  0 Reply

तपाईको प्रतिक्रिया