खोलाले बगाउँदा एक जना बेपत्ता, एकको उद्धार

 भदौ १७, २०७५ आइतबार २०:३१:९ | उपेन्द्र येक्तेन

पाँचथर – नुहाउन गएका एक व्यक्ति खोलाले बगाएर वेपता भएका छन् । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलाले बगाउँदा कुम्मायक गाउँपालिका–५ का २६ वर्षीय दुर्गा आङदेम्वे बेपता भएका हुन् ।

दुर्गा आइतबार दिउँसो २ बजे २५ वर्षीय साथी सुमन लावतीसँग खोलामा नुहाउन गएका थिए । दुवै जनालाई खोलाले बगाएको रसुमनलाई खोलाले बगाउँदै गरेको स्थानीयले देखेपछि उद्धार गरेका छन् । 

घाइते अवस्थामा उद्धार गरिएका सुमनको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  बेपत्ता आङदेम्बेको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया