टेष्ट्युव बेबी सेवालाई कानूनी मान्यता दिनुपर्ने : डा. भाेला रिजाल

 जेठ १९, २०७५ शनिबार १९:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – डाक्टर भोला रिजालले शनिबार टेष्ट्युव बेबी सेवालाई कानूनी मान्यता दिनुपर्ने बताउनुभएको छ ।

राजधानीमा फर्टिलिटी सोसाईटी अफ नेपाल (फेसन) को स्थापनाको जानकारी दिन आयोजित कार्यक्रममा लामो समयदेखि निः सन्तान दम्पतीलाई टेष्ट्युब बेबीको सेवा दिँदै आएका डाक्टर रिजालले निःसन्तान दम्पतिका लागि टेष्ट्युव बेबीको सेवालाई कानूनी मान्यता दिनुपर्ने बताउनुभएको हो ।

निःसन्तान भएकाहरुलाई सेवा दिदै आएका कृत्रिम रुपमा भ्रुण विकास गरेर निःसन्तान आमाको पाठेघरमा राखिने आईभीएफ प्रविधिका विशेषज्ञ डाक्टरहरुको संगठन फर्टिलिटि सोसाइटी अफ नेपाल गठन गरिएको हो । डा रिजाल यसका अध्यक्ष हुन् ।

नेपालमा झण्डै २० प्रतिशत दम्पती निःसन्तान रहेको र उनीहरुलाई सन्तान दिलाउन सरकारले कानूनी बाटो खोल्नुपर्ने रिजालको भनाई छ । नियम कानुनको अभावमा सेवा दिन समस्या हुने भएकाले निःसन्तान दम्पतीको सहजताका लागि कानूनी बाटो खोल्न आवश्यक देखिएको डा.रिजालले बताउनुभयो ।

विज्ञका अनुसार जम्मा निःसन्तान दम्पतीमध्ये ८५ प्रतिशतलाई उपचार गरेर निको पार्न सकिन्छ तर, १५ प्रतिशतलाई औषधिको प्रयोगले मात्रै नभएपछि कृत्रिम गर्भाधारण गराउनुपर्ने हुन्छ । विश्वमा सन् १९७७ बाट सुरु भएको टेस्ट्युव बेबी सेवा नेपालमा १६ वर्ष पुगे पनि हाल सम्म कुनै नियम कानून बनेको छैन ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया