एसियाली खेलकुदमा रजत पदक दिलाउने प्याराग्लाइडिङ टिमलाई नगरपरिक्रमा

 भदौ १८, २०७५ सोमवार १४:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २० वर्षपछि एसियाली खेलकुदमा रजत पदक जितेको प्याराग्लाडिङ टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान स्वरुप नगरपरिक्रमा गराएको छ ।

तर नगरपरिक्रममा अन्य खेलाडी तथा खेल पदाधिकारीको भने निकै न्यून उपस्थिति रह्यो । १२ बजेबाट सुरु हुने भनिएको कार्यक्रम आधा घण्टा जति ढिलो भएको थियो । एसियाडमा पदक जितेका खेलाडीलाई घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा गएर टुङगिएको थियो ।

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहितका पदाधिकारीले नगरपरिक्रमामा साथ दिएका थिए । एसियाडमा नेपाललाई एक मात्र पदक दिलाएको प्याराग्लाडिङमा ५ खेलाडी रहेका छन् ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री ओली आउने भनिए पनि अन्तिम समयमा  आउनु भएन ।
 

अन्तिम अपडेट: भदौ १८, २०७५

तपाईको प्रतिक्रिया