१२ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ

 भदौ १८, २०७५ सोमवार १४:३६:५३ | सुश्मा राजवंशी

झापा – झापाको काँकडभिट्टाबाट१२ लाख ८० हजार भारतीय रुपैयाँसहित सोमबार बिहान एक नेपाली युवा पक्राउ परेका छन् । 

पूर्वी नाका गेटमा झोलामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एक्सरे मेसिनबाट चेकको क्रममा ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्यको साथबाट त्यो रकम बरामद गरेको हो ।

शङ्का लागेर चेक गर्दा उनको साथबाट भारतीय नोट ५०,१००,२०० का नोट सहित ठूलो मात्रमा रकम बरामद गरिएको सशत्र प्रहरी बल गुल्म काँकडभिट्टाका डीएसपी राजेश घिमिरेले जानकारी दिनुभयो । 

बरामद गरिएको नोट भन्सार सँगको सहकार्यमा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको घिमिरेले बताउनुभयो ।
 

अन्तिम अपडेट: भदौ १८, २०७५

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँलाइ फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया