एसियाली खेलकुदमा रजत पदक दिलाउने खेलाडीलाई जनही ५ लाख रुप...
भदौ १८, २०७५ सोमवार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन पनि महत्वपूर्ण भूमिको खेलेको स्पष्ट पार्नु भयो । सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समक्षा बैठकमा बोल्दै उहाँले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन पनिसम्मेलनले योगदान दिएको निष्कर्ष पनि सुनाउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गर्नु भयो । बिमस्टेक मूल तयारी समितिका अध्यक्ष समेत रहनु भएका उहाँले सम्मेलनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
समीक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्विपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालेको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्रालय, सुरक्षा निकाय, संचारकर्मीलगायतलाई धन्यवाद पनि व्यक्त गर्नु परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
गएको भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको थियो । सम्मेलनले नेपालको प्राथमिकतामा रहेको पर्वतीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्नेलगायतका प्रस्तावलाई पारित गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीको प्रसंशा गरिएको छ ।