हेँवा खोलाले १८ दिनमा तीन जनाको ज्यान लियो, एक बालक  बेपत्ता

 भदौ १८, २०७५ सोमबार १८:१०:४८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलामा बगेर भदौ महिना लागेयता मात्र तीन जनाको ज्यान गएको छ । 

एकजना अझै बेपत्ता छन् । माछा मार्न खोलामा गएका जिल्लाको फिदिम नगरपालिका–४ का देवीप्रसाद सम्बाहाम्फेलाई हेँवा खोलाले बगाएर बेपत्ता भएका आठ दिनपछि गएको भदौ नौ गते शव फेला परेको थियो । 

भदौ नौ गतेनै हेँवा खोलाले बगाएर बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ की सुनमाया तामाङ पनि मृत अवस्थामा खोला किनारमा फेला परेको पाँचथर प्रहरीले जनाएको छ । यस्तै आइतबार मात्र खोलाले बगाएर बेपत्ता भएका कुम्मायक गाउँपालिका–५ का २६ वर्षीय दुर्गा आङदेम्वेको सोमबार खोला किनारमा शव फेला परेको छ ।

आइतबार दिउँसो २ बजे समयमा गाउका २५ वर्षीय साथि सुमन लावतीसँग खोलामा नुहाउन गएका दुवै जनालाई खोलामा बगाएका थियो तर खोलाले बगाउँदै गरेको स्थानियले देखेपछि सुमनलाई उद्धार गरेका थिए । गएको भदौ १० गते जनैपूर्णिमाको दिन बुवासँग खोलामा जनै फेर्न जाँदा खोलाले बगाएर भएका फिदिम–१ का आठ वर्षीय बालक डेनिस उपे्रतीलाई अझै भेटिएको छैन् ।

खोलामा नुहाउन तथा माछा मार्न नजान प्रहरीको आग्रह

भदौ महिना लागेयता मात्र हेँवा खोलाले बगाएर तीन जनाले ज्यान गुमाएको र एक जना बालकको अवस्था  बेपत्ता भएपछि पाँचथर प्रहरीले जिल्लाको चारवटा खोलामा नुहाउने कार्य गर्न, माछा मार्न नजान आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया