नेपाल टेलिकमको मोबाइल फोनमा समस्या

 भदौ १९, २०७५ मंगलबार ७:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मंगलबार बिहानैदेखि देशभर टेलिकमका धेरैजसाे मोबाइल फोनमा समस्या अाएको छ । यसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् । 

टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर ल्याण्ड लाइन सेवामा भने कुनै समस्या नभएको जनाएको छ । टेलिकमले सेवाग्राहीले पाएको असुविधाप्रति क्षमा माग्दै १४९८ मा फोन गरेर थप जानकारी लिन आग्रह पनि गरेको छ ।

टेलिकमको मोबाइल फोनमा समस्या आएको यो पहिलो पटक भने होइन । यस अघि पनि पटक पटक टेलिकमको मोबाइल फोनमा समस्या आएको थियो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया