अभ्यास खेलमा जर्मनी पराजित, इंग्ल्याण्डसँग नाइजेरिया पनि हार्‍याे

 जेठ २०, २०७५ आइतबार ७:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ २० – विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित भएको छ । गएको सेप्टेम्बरमा खुट्टा भाँचिएपछि पहिलो पटक मैदानमा उत्रिएका मानुयल नेयुर उपस्थित खेलमा अष्ट्रियाले जर्मनीसँग २–१ को जित हात पार्‍याे 

पहिलो हाफमा एक गोलले पछि परेको अष्ट्रियाले दोस्रो हाफमा दुई गोल गर्दै कमब्याक गरेको थियो । ११ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफभरी सोही अग्रता कायम राख्न सफल जर्मनीविरुद्ध ५३ औं मिनेटमा मार्टिन हिन्टेरेगरले गोल गर्दै खेल बराबरीमा पर्याए । ६९औं मिनेटमा अलेसान्द्रो स्कुफले गोल गरेपछि खेलमा अष्ट्रियाले २–१ को अग्रता लियो । त्यसपछि गोल हुन नसक्दा जर्मनी पराजित हुन पुग्यो ।

जर्मनीविरुद्ध अष्ट्रियाको ३२ वर्षमा पहिलो जित हो ।

यस्तै, शनिबार रातिको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले नाइजेरियालाई हरायो ।

लण्डनको विम्ब्ली रंगशालामा भएको खेलमा घरेलु टिम इंग्ल्याण्डले नाइजेरियालाई २–१ ले हरायो । ग्यारी केहिलले सातौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–० मा लम्ब्याए ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो हाफको सुरुवातमा नै गोल खायो । ४७ औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–१ मा छोट्याएका थिए । तर त्यसपछि गोल हुन नसक्दा इंग्ल्याण्ड विजयी भयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया