‘भूत’लाई हानेको खुकुरी श्रीमतीको टाउकोमा परेपछि...

 भदौ १९, २०७५ मंगलबार १६:०:५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– खिजीदेम्वा गाउँपालिका वडा नं. ८ भूसिंगामा एक व्यक्तिले भूत भनेर हानेको खुकुरी श्रीमतीको टाउकोमा परेको छ । 

३८ वर्षीय हितबहादुर विकले सोमबार मध्य रातमा भूतले तर्साएकाे भन्दै उठेर खुकुरी हान्दा आफ्नै श्रीमतीलाई लागेको छ । 

तर्सिएर उठेपछि भूतको छाँया जस्तो लागेर सिरानीको खुकुरी प्रहार गर्दा हितबहादुरकी श्रीमती गीतामाया विश्वकर्मालाई लागेको हो । खुकुरी प्रहारबाट गिताको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेर गम्भीर घाइते भएकी छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो । 

उहाँले हितबहादुर काम्दै भूत भनेर खुकुरी प्रहार गर्दा श्रीमतीलाई लागेको प्रभारम्भिक सूचना आएको जनाउनुभयो । हितबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया