सर्पले टोकेर ६ वर्षीय बालकको मृत्यु

 जेठ २०, २०७५ आइतबार ८:९:२२ | उज्यालो सहकर्मी

डोटी – विषालु सर्पको टोकाईबाट डोटीमा एक बालकको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला केलभाडी बस्ने लोक विकका छोरा आयुष विकको सर्पले टोकेर शनिबार राति ज्यान गएको हो ।

घरैमा खेलिरहेको बेला उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिए पनि अस्पतालमा एन्टिस्नेक भेनम नपाउँदा उनको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया