बर्दिवासमा एक महिलाको बेवारिसे शव भेटियाे

 भदौ १९, २०७५ मंगलबार १९:३९:४९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको बर्दिवासमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

मंगलबार बर्दिवास नगरपालिका ८ मा रहेकाे लोप्चनटोलमा अन्दाजी ४०, ४५ बर्षकी महिलाको शव प्रहरीले फेला पारेको हो ।

हरियो रंगको सारी, घाँटीमा हरियो रंगको थैली भिरेको महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया