डलर बढ्दा अरु विदेशी मुद्राको भाउ महँगियो

 भदौ २०, २०७५ बुधबार १०:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । रिंगिट, दिर्हाम र रियालको आइतबार, सोमबार र मंगलबार थोरै घटबढ भएपनि बुधबार भने ह्वात्तै बढेको छ । 

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३७ र बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ९३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०२ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया