पूर्वमन्त्री दानबहादुर शाहीको निधन

 जेठ २०, २०७५ आइतबार ९:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्वमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको उपचारका क्रममा ग्राण्डि अस्पतालमा निधन भएको हो । अस्पतालले बिहान उहाँको निधन भएको घोषणा गरेको हो ।

पूर्वमन्त्री शाहीको मुटु, मिर्गौला र छातीमा समस्या भएपछि झण्डै एक हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । यस अघि पनि स्वास्थ्यमा समस्या देखिरहने हुँदा उहाँलाई घर र अस्पताल लैजाने र ल्याउने गरिएको परिवारले बताएका छन् । 

शाही २०६० सालमा गृहमन्त्री बन्नुभएको थियो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया