ठेकेदारको सूची तयार, काम नगर्ने १२ कम्पनीलाई कारबाहीको तयारी

 जेठ २०, २०७५ आइतबार ९:२९:३९ | उज्यालो सहकर्मी

तेह्रथुम – तेह्रथुममा पनि कामको जिम्मा लिएर अलपत्र छाड्ने ठेकेदारहरुको नाम संकलन गरी प्रशासनले कारबाहीको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले कामको जिम्मा लिएर अलपत्र छाड्नेहरुको सूची तयार गरी मन्त्रालय पठाएको हो ।

पहिलो चरणमा जिल्लामा काम गरिरहेका, जिम्मा लिएर छाडेकालगायत ५० वढी ठेकेदार कम्पनीहरुको सूची तयार गरी मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । उहाँका अनुसार संकलित नाममध्ये पनि कामको जिम्मा लिएर सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरु १२ वटा रहेका छन् ।

काम गर्ने जिम्मेवारी सकिएको म्याद हद सकिए पनि अझै काम सम्पन्न नगर्ने १२ वटाको सूची तयार गरी पठाइएको उहाँले बताउनुभयो । त्यसमध्ये ८ वटा निर्माण कम्पनीले सडक निर्माणको जिम्मा लिएर समयमा काम गर्न सकेका छैनन् भने अरु स्वास्थ्य चौकी भवन निर्माण, नयाँ शहरी विकास आयोजनाका कामलगायत रहेका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया