नागरिक सरकारप्रति खुशी छैनन् : प्रचण्ड

 भदौ २०, २०७५ बुधबार १९:१४:० | हरि हुमागाईं

मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ । 

मकवानपुरको मनहरी–९, रजैयामा रहेको ओम वातावरण शुद्धिकरण अभियान अग्निहोत्र श्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले अबको ६ महिना भित्रमा सरकारले देखिनेगरी काम गर्ने योजना रहेको बताउनुभयो । अब पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभएर यथार्थमा परिणत हुने उहाँले बताउनुभयो । चीन र भारतबाट रेल आउने निश्चित भएको उहाँले बताउनुभयो । अब वर्षायाम सकिएपछि काठमाडौंको सबै सडक स्तरोउन्नति गरेर सफा र हराभरा बनाउने अध्यक्ष प्रचण्डले बताउनुभयो । 

अहिले जनता सरकारप्रति खुशी नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘काठमाडौंको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम सकिनेबित्तिकै सडक राम्रोसँग बनाउँछौ । अनि निराशा धेरै कम हुन्छ ।’ 

मकवानपुरको मनहरीमा पनि लक्षित गरेर पुल बनाउनका लागि आफूहरु तयार रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । अब कृषिमा आधुनिकीकरण गरेर काम गर्ने बताउनुभयो ।     
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया