यूएस ओपन टेनिसको सेमिफाइनलमा जापानका केइ निसिकोरी

 भदौ २१, २०७५ बिहिबार १०:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानका केइ निसिकोरी वर्षको चौथो ग्राण्डस्लाम यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

न्युयोर्कको अत्याधिक गर्मीका बीच चार घण्टा ८ मिनेटसम्म चलेको खेलमा निसिकोरीले सातौं वरियाताका मारिन सिलिकलाई पाँच सेटमा स्लब्ध बनाए ।

पहिलो सेट २–६ ले गुमाएका निरिकोरीले दोस्रो र तेस्रो सेट क्रमश ६–४ र ७–६ ले जिते । चौथो सेट ४–६ ले गुमाएका निसिकोरीले पाँचौं तथा अन्तिम खेलमा ६–४ को जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् ।

२८ वर्षीय निसिकोरीले सेमिफाइनलमा सर्वियाका नोभाक जोकोभिच र अष्ट्रेलियाका जोन मिलम्यानबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया