कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी पर्नु भएको छ । स्वास्थ्य समस्या देखिए पछि उहाँलाई काठमाण्डूको ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ ।
उहाँलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि घिमिरेको परिवार फलोअपका लागि अस्पताल लगिएको जानकारी दिएको छ । अहिले उहाँको हाइ केयर युनिटमा उपचार भइरहेको छ ।
भारतको मेदान्त अस्पतालमा स्वास्थ्य उपचार पछि हिजो मात्रै घिमिरे स्वदेश फर्किनु भएको थियो । भारत जानु अघि उहाँको ग्राण्डि अस्पतालमा नै उपचार भइरहेको थियो ।