भुटानविरुद्धको खेलमा नेपालकाे तीन परिवर्तन: विराज, नवयुग र भरत बेन्चमै, किरण लिम्बुकाे कप्तानी

 भदौ २१, २०७५ बिहिबार १५:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलका लागि नेपालले तीन परिवर्तन गरेको छ ।

पाकिस्तानविरुद्धको खेलमा पहिलो एघारमा परेका कप्तान विराज महर्जन सहित तीन खेलाडीलाई प्रशिक्षक बालगोपाल महर्जनले बेन्चमा नै राखेका छन् । यसअघि पहिलो एघारमा परेका विराज महर्जनसँगै नवयुग श्रेष्ठ र भरत खवासलाई पनि प्रशिक्षकले बेन्चमा नै राखेका छन् ।

विराजको अनुपस्थितिमा नेपालको कप्तानीको जिम्मेवारी किरण कुमार लिम्बुलाई दिइएको छ । विराजको स्थानमा दिनेश राजवंशीलाई मौका दिइएकाे छ ।

यस्तै विशाल राई र सुनिल बललाई पनि पहिलो एघारमा राखिएको छ । नेपालको पहिलो एघारमा गोलकिपर किरण कुमार लिम्बु, डिफेन्डर अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डर विशाल राई, सुनिल बल, अञ्जन विष्ट, सुजल श्रेष्ठ तथा फरवार्डमा विमल घर्तिमगर रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया